हाम्रो देश नेपाल सबै क्षेत्रमा विकासोन्मुख
देशको रुपमा रहेको छ । त्यसैगरी सुचना प्रविधि तथा सञ्चारको क्षेत्रमा
समेत विकासोन्मुख छ । नेपालमा शिक्षाको इतिहास हेर्ने हो भने २०१८ पछि
विकास हुँदै २०३६ पछि फड्को मारेको देख्न सकिन्छ । शिक्षामा आउने विभिन्न
विदेशी लगानी तथा नयाँ नयाँ जनशक्तिको कारणले, प्रविधि भित्रिएको देखिन्छ ।
सर्वप्रथम नेपालमा २०२८ सालमा जनगणना गर्नका निम्ति IBM 1401 नाम
गरेको दोस्रो पुस्ताको कम्प्युटर ल्याइएको थियो र जसको भाडा समेत नेपाल
सरकारले तिर्न नसकेर पछि नेपाललाई उपहारको रुपमा दिइएको थियो । हालको समयमा
नेपालमा छुटै सुचना तथा सञ्चार मन्त्रालय समेत छ, जसले सुचना र सञ्चारको
क्षेत्रमा काम गर्छ । विश्वमा नै सुचना, प्रविधी तथा सञ्चारको क्षेत्रमा
अगाडी रहेको चिन र भारत को बिचमा रहेको नेपालमा पनि विश्वसंग मुकाविला गर्न
यसतो शिक्षाको माग र आवश्यकता देखिन्छ । अन्य मुलुकहरुले कम्प्युटको
माध्यमबाट नै सम्पुर्ण शिक्षण सिकाई गर्ने गर्दछन् ।
नेपालमा २०६८ देखि हाम्रो पाठ्क्रममा
अनिवार्य रुपमा विद्यालयमा कम्प्युटर शिक्षा समावेश गरिएको छ । यसका साथै
विभिन्न विश्वविद्यालयलेहरुले पनि छुटै विषयको रुपमा कम्प्युटर को अध्यापन
गराइरहेका छन । नेपाल सरकारले पाठ्यक्रम तयार पार्यो तर प्रयाप्त मात्रामा
जनशक्ति र स्रोत साधनको बन्दो वस्त गरेन, त्यसैले यस क्षेत्रमा चुनौति साथै
समस्याहरु उत्पन्न भएका छन् । वर्तमान समयमा दक्ष जनशक्तिको अभाव, भौगालिक
विकट्ता साथै अस्थिर राजनीतिका कारणले गर्दा विश्व बजारको तुलनामा दक्ष
जनशक्ति उत्पादन हुन नस्कनुका कारण हुन् । सरकारले यस क्षेत्रको विकासका
लागि प्रत्येक विद्यालयको एक जनालाई जिल्ला शिक्षा कार्यालयको मार्फत सिप
सिकाउने निती बनाए पनि यो नीति, नीतिमा नै सिमितता भएको छ ।
विद्यालयलार्र्इ दिएको कम्प्युटर प्रअ तथा अन्य व्यक्तिहरुले आफनो
व्यक्तिगत कामका लागि प्रयोग गर्छन् । प्रत्यक विद्यालयमा विद्युतको
व्यवस्था नभएको कारणले गर्दा समेत यो कार्यक्रम् सफल नभएको देखिन्छ । अब
सरकारले यस क्षेत्रको बृहत विकास गर्न र फड्को मार्र्न दक्ष जनशक्तिलाई
प्रयोगमा ल्याउनु पर्छ । भविष्यका कर्णधार वालवालिकाहरु अन्य विषय शिक्षक
द्धारा चार्टमा कम्प्युटरको चित्र हेरेर पढन् बाध्य छन्। नेपालमा हाल कुल
साक्षरता प्रतिशतको ३÷४ प्रतिशत मात्र कम्प्युुटर साक्षरता रहेको छ । अबको
युग भनेको प्रविधि तथा विज्ञानको युग हो । समयअनुसार विद्यालयमा कम्प्युटर
शिक्षाको विकास तथा व्यवस्था गर्न नसके हमी अझै पछि धकलिने निश्चित छौं ।
हाल रहेको सुचना तथा संचार मन्त्रलयले समेत
कुनै खासै उपलब्धि मुलक कदम उठाएको छैन्। सामान्य विद्यार्थीले समेत
प्रयोगात्मक विषयको रुपमा रहेको कम्प्युटरको प्रयोग गर्न नपाउनु तथा छुटै
व्यवस्थित प्रयोगात्मक कक्षा र दक्ष शिक्षक नहुँदा अहिले पनि ग्रामिण
क्षेत्रका ऐच्छिक तथा अनिवार्य विषयको रुपमा कम्प्युटर विषय पढेका
विद्यार्थीहरु पाठ्यपुस्तक मात्र हेरेर पढ्न वाध्य छन् । कम्प्युटर एउटा
यस्तो विषय हो जुन आफैमा विषय मात्र नभइ हरेक क्षेत्र तथा विषयसँग सरोकार
राख्ने विषय हो । हाल केहि सम्पन्न विद्यालयहरुले कम्प्युटरको माध्ययबाट
अध्ययन अध्यापन गराउछन् भने ग्रामिण क्षेत्रका विद्यालयले कम्प्युटरको
चित्र पोष्टरमा हेरेर नेपाली पढाउने शिक्षकले कम्प्युटर पढाउने अवस्था
हाम्रो रहेको छ ।
नेपालमा २०४७ सालमा कक्षा ९ र १० मा ऐच्छिक
विषयको रुपमा समावेश कम्प्युटर हाल २०७४ सालमा पुग्दा आधारभुत तहमा समेत
अनिवार्य विषयको रुपमा रहेको छ । जसरी नेपाल सरकारले २०५४–२०५९० मा
विद्यालयमा कम्प्युटर शिक्षाको व्यापक विस्तार गर्ने र सुचना प्रविधि
पार्कको योजना नवौं योजनामा रहेको छ । जसमध्ये सुचना प्रविधि पार्क
काभ्रेको बनेपामा स्थापना भएको छ । २०५७ सालमा सुचना प्रविधी नीति जारी भई
फेरि खारेज भयो । २०६८ देखि पाठ्यक्रमको रुपमा लागु भएको कम्प्युटर
शिक्षाले देश विदेशमा घटेका तथा पहिलेका ऐतिहासिक घटनाको जानकारी लिन,
दिनको लागि महत्वपूर्ण भुमिका खेल्द्छ । सामान्यतया विद्यालयमा प्रशासनिक
तथा शैक्षणिक क्रियाकलापको लागि कम्प्युटर शिक्षाको विकास वर्तमान समयमा
दु्रत गतिमा हुन आवश्यक रहेको छ । एउटा सामान्य कम्प्युटरबाट नै विश्व
हल्लाउने यो समयमा विद्यालय तहमा, विद्यार्थी र सबैका लागि महत्वपूर्ण
रहेको छ । त्यसकारण समबन्धित निकायको यस तर्फ टड्कारो ध्यान जाओस ।
-शुशिल राना क्षेत्री




Good Job My Brother
ReplyDeleteGood jab sir
ReplyDeleteDamiii xa daju Ali Kati description ghataunu and dialogue tarikako words use garnus
ReplyDelete